वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउन–भदौ दुई महिनामा ३९ अर्ब १५ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
साउनमा १८ अर्ब ४४ करोड र भदौमा २० अर्ब १२ करोड राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ। भन्सार विभागले दुई महिनामा ४३ अर्ब तीन करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो, जसको ९०.९९ प्रतिशत पूरा भएको छ।
भदौ महिनामा जेनजी आन्दोलनका दिनहरूमा केही दिन राजस्व सङ्कलन न्यून भए पनि, कुल सङ्कलन उत्साहजनक भएको कार्यालय प्रमुख विष्णुप्रसाद ज्ञवालीले बताए।
भदौ महिनाका मुख्य सङ्कलन रकम:
- १२ गते : २ अर्ब ३७ करोड
- १७ गते : १ खर्ब ९२ करोड
- २८ गते : १ अर्ब ७१ करोड
- ३१ गते : १ अर्ब ११ करोड
आन्दोलनका कारण भदौ २४ गते मात्र ३ करोड र २५ गते राजस्व शून्य रहेको थियो।
प्रतिक्रिया