काठमाडौँ । राजधानीबाट गाउँघरमा दसैँ मनाउन जानेहरूको चहलपहल बढ्न थालेको छ । नयाँ बसपार्कसहितका विभिन्न बसपार्कमा यात्रुहरूको भीड देखिन थालेको हो ।
काम, पढाइ र रोजगारीका कारण काठमाडौँमा बस्दै आएका सर्वसाधारण दसैँ नजिकिँदै जाँदा घर फर्किन थालेका छन् । यद्यपि, यातायात व्यवसायीहरूले यस वर्ष अग्रिम टिकट बुकिङ खुला नगरेकाले धेरै यात्रुहरू घटस्थापनाअघि नै घर जान थालेको देखिएको छ ।
देशभर जारी जेन–जी आन्दोलनका कारण विद्यालय र क्याम्पसहरूमा विदा भएकाले पनि यात्रुको चहलपहल बढेको हो । यात्रुहरू टिकटका लागि लामबद्ध देखिएका छन् भने बसपार्क क्षेत्रमा भीड बढ्दो क्रममा छ ।
गत वर्षहरूमाजस्तै यसपालि पनि फूलपातीदेखि टीकाको दिनसम्म यात्रुको चाप अझै बढ्ने ट्राफिक प्रहरीले जनाएको छ । यस वर्षको टीका असोज १६ गते परेको छ ।
प्रतिक्रिया