८ आश्विन २०८२, बिहिबार | Thu Sep 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भ्रष्टाचार नगर्नु नै मेरो अपराध भयो : केपी ओली



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले भ्रष्टाचार नगर्नु नै अपराध ठहरिएको भन्दै गुनासो गरेका छन् ।

प्रेस चौतारी नेपालका केन्द्रीय पदाधिकारीसँग बिहीबार गरेको छलफलमा उनले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि आफूलाई निशाना बनाइएको बताए ।

“भ्रष्टाचार नगर्नु नै मेरो अपराध भयो,” ओलीले भने, “मैले भ्रष्टाचार गरेको छैन, गर्दिनँ, गर्ने पनि छैन । तर यही कारण मलाई प्रहारको केन्द्र बनाइयो ।”

उनले आफूले विकासको खाका तयार गरेर देशलाई अघि बढाउन खोजेको तर उल्टै अशान्ति र हिंसा भड्काउनेहरूलाई संरक्षण गरिएको दाबी गरे ।

ओलीले जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडलाई निराधार आरोप भन्दै खारेज गरे ।
“जेनजीले ती घटना गरेका होइनन्, यो प्रतिशोधी आरोप मात्र हो,” उनले स्पष्ट पारे ।

त्यसैगरी, सिंहदरबार जलाउने धम्की जेनजीबाट नभएको प्रष्ट पार्दै उनले अघिल्लो वक्तव्यहरूमा नै त्यस्ता अभिव्यक्ति आएको दाबी गरे ।
“सिंहदरबार जलाइन्छ, बालुवाटार घेरिन्छ भनेर अरूले बोलेका थिए, तर दोष मलाई लगाइयो,” ओलीले भने, “सरकारले यसको सत्यतथ्य खोजी गर्नुपर्छ ।”

प्रकाशित मिति : ८ आश्विन २०८२, बिहिबार  ८ : ३३ बजे