काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भूराजनीतिक चक्रव्यूहमा नफसी अखण्ड नेपालको नवनिर्माण गर्नुपर्ने बताएका छन् ।
दशैंको अवसरमा शुभकामना सन्देश दिँदै उनले राज्य व्यवस्थाले नयाँ पुस्ताको अभिलाषा र इच्छालाई आत्मसात् गर्नुपर्नेमा जोड दिए । “अब बिगार्ने, भत्काउने, जलाउने होइन, सपार्ने र निर्माणतर्फ अघि बढ्नुपर्ने बेला आएको छ,” उनले भने ।
पूर्वराजाका अनुसार विकसित हुँदै गएको प्रविधि र वैज्ञानिक दक्षतालाई आत्मसात् गर्दै राष्ट्रलाई आत्मनिर्भर र समृद्ध बनाउन युवा पुस्ताको देशभक्ति, ऊर्जा र नवीन सोचलाई मार्गदर्शक बनाउन आवश्यक छ ।
“हाम्रै देशको दर्पणमा हामी हाम्रो अनुहार हेर्ने समय आएको छ,” उनले उल्लेख गर्दै राज्य व्यवस्थाले जनमनोभावना र समय सापेक्ष सुधारलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।

प्रतिक्रिया