१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जेनजी आन्दोलनका सहिद परिवारका एक सदस्यलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा



काठमाडौ‌
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रत्येक सहिद परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा चौधरी ग्रुप (सीजी) ले गरेको छ।

सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जालमार्फत जनाएका अनुसार, सहिद परिवारप्रति श्रद्धा र जिम्मेवारीका रूपमा रोजगारी अवसर उपलब्ध गराइनेछ। चौधरीले लेखेका छन्, “यो केवल हाम्रो वाचा होइन, हाम्रो कर्तव्य र श्रद्धा हो। हामी सँगै उभिनेछौं र देशको उज्ज्वल भविष्य निर्माणमा हातेमालो गर्नेछौं।”

रोजगारी प्रक्रियाका लागि सीजी समूहको टोलीले सहिद परिवारहरूसँग सम्पर्क गरिरहेको छ। यसका लागि इच्छुकले कर्पोरेट कम्युनिकेसन प्रमुख मधुसूदन पौड्याल (९८५१२२४०००) लाई सम्पर्क गर्न सक्ने जनाइएको छ।

जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रका प्रतिष्ठानहरू पनि ठूलो क्षतिमा परेका थिए। सीजीका अनुसार आन्दोलनकारीद्वारा गरिएको तोडफोड र आगजनीका कारण समूहलाई करिब ५ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको छ।

त्यसका बाबजुद सीजीले पुनर्निर्माण र सहानुभूतिको भावनासहित अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ३ : ५१ बजे