६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रिलायन्स स्पिनिङ मिल्सको आइपिओमा आजदेखि आवेदन, प्रतिसेयर ८२०.८० रुपैयाँ



काठमाडौं। रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आज (सोमबार)देखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुला गरेको छ।

कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरेको आइपिओको बाँडफाँट सम्पन्न गरेपछि सर्वसाधारणका लागि आइपिओ जारी गरेको हो।

सार्वजनिक निष्कासनका लागि छुट्याइएको सेयरमध्ये ७ हजार ७९८ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ भने बाँकी ९ लाख २४ हजार ७६८ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको छ।

कम्पनीको प्रति सेयर मूल्य ८२० रुपैयाँ ८० पैसा तोकिएको छ। लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

आइपिओमा पुस ११ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभित्र सम्पूर्ण सेयरका लागि आवेदन नपरेमा निष्कासन अवधि पुस २१ गतेसम्म लम्बिनेछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आसबा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एन्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत सी–आसबा प्रयोग गरी आवेदन दिन सक्नेछन्।

कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी सिंगल ए माइनस (CARE-NP A-) इस्युअर रेटिङ’ प्रदान गरेको छ। यस रेटिङले कम्पनीमा समयमा नै सुरक्षित रूपमा वित्तीय दायित्व पूरा गर्न पर्याप्त क्षमता रहेको संकेत गर्छ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  १ : ०६ बजे