६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कक्षा १२ को परीक्षा फाराम खुला, आंशिक परीक्षार्थीलाई पनि अवसर



काठमाडौं । कक्षा १२ को परीक्षा फाराम खुला गरिएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले ०८३ सालमा हुने वार्षिक परीक्षाका लागि फाराम खुला गरिएको जानकारी दिएको छ।

बोर्डका अनुसार नियमित तथा आंशिकतर्फका विद्यार्थीले फाराम भर्न पाउनेछन्। आंशिकतर्फ भने रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९ (अन्तिमपटक), ८० र ८१ भएका परीक्षार्थी मात्र फाराम भर्न योग्य हुनेछन्।

परीक्षासम्बन्धी वार्षिक कार्यतालिकाअनुसार विद्यार्थीले पुस मसान्तभित्र परीक्षा शुल्क बुझाइसक्नुपर्नेछ। तोकिएको समयमा फाराम भर्न छुटेका विद्यार्थीले विलम्ब शुल्कसहित माघ १५ गतेसम्म फाराम भर्न सक्ने बोर्डले जनाएको छ।

त्यसैगरी, शुल्क बुझाएको प्रमाणसहित विद्यार्थीका फाराम माघ २५ गतेसम्म राष्ट्रिय परीक्षा बोर्डमा बुझाउन सबै विद्यालयलाई निर्देशन दिइएको छ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ९ : ४८ बजे