७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवनमा चिनियाँ गिरोहद्वारा १२ करोडभन्दा बढी अनलाइन ठगी, ११ पक्राउ



काठमाडौं – चिनियाँ गिरोहले चितवनमा कार्यालय खोली अनलाइन ठगी गरेको खुलासा भएको छ। खैरहनी–६ मा ‘एसएमसी एड्भरटाइजिङ सर्भिस प्रालि’ खोलेर नेटवर्क फैलाउँदै १२ करोड ८ लाख रुपैयाँभन्दा बढी ठगी भएको प्रहरी स्रोतले जनाएको छ।

साइबर ब्युरोले लामो अनुसन्धानपछि गिरोहका ११ सदस्य पक्राउ गरेको छ। उनीहरूमध्ये चिनियाँ नागरिक हि जिन्जाङ, तनहुँका सौगात थापा, नुवाकोटका वीरबहादुर तामाङ, चितवनकी सोनम खातुन टोखाकी प्रिया केसी, गुल्मीकी मोनिका गुरुङ, धादिङकी गीता गुरुङ, पर्साका नासिर मियाँ अन्सारी, सायरा खातुन र बाराका राम निवासप्रसाद कलवार छन्।

यो समूहले विश्व प्रसिद्ध फिल्म कम्पनीहरूसँग सहकार्य भएको र विज्ञापन हेरेर पैसा पाउने झुठो दाबी गर्दै ‘एसएमसी’ नामक मोबाइल एपमार्फत सदस्य जोडेर पिरामिड शैलीमा ठगी गरेको पाइयो। सात तहमा विभाजन गरिएका ७० हजार सदस्यलाई विभिन्न कमिसन र दैनिक आम्दानीको प्रलोभन देखाइयो।

साइबर ब्युरोका अनुसार उनीहरूले कुनै काम नगरी नयाँ सदस्यको पैसाबाट पुरानालाई प्रतिफल दिने पोन्जी मोडल अपनाएका थिए। काल्पनिक ‘ब्ल्याक रक कोष’मा रकम राखेर दैनिक १.२ प्रतिशत प्रतिफल दिने झुठो दाबी गरी ठगी गरिएको पुष्टि भएको छ

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ५ : ३७ बजे