१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गगन–विश्वद्वारा कांग्रेस विशेष महाधिवेशन आह्वान



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको विशेष केन्द्रीय महाधिवेशन आह्वान गरेका छन्। बुधबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले विधानको धारा १७(२) अनुसार बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन अनिवार्य भएको बताएका हुन्।

२४८८ जना (५४.५८ प्रतिशत) प्रतिनिधिको समर्थनसहित बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीलाई सुदृढ र जनभावनाअनुसार नीतिगत निर्णय लिन विशेष महाधिवेशन आवश्यक भएको उनीहरूको भनाइ छ। केन्द्रीय कार्यसमितिले महाधिवेशन नबोलाउनु विधान र कानुनविपरीत भएको दाबी गर्दै उनीहरूले पौष २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन हुने बताएका छन्।

‘बदलिएको समयको कांग्रेसका लागि, बदल्नुपर्ने देशका लागि’ भन्ने नारासहित पार्टीमा नयाँ ऊर्जा भर्ने प्रतिबद्धता पनि उनीहरूले व्यक्त गरेका छन्।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ६ : ५५ बजे