३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस केन्द्रीय प्रचार समितिमा केशव पाठक र सुदर्शन आचार्य मनोनित



काठमाडौं । आसन्न निर्वाचनका लागि नेपाली कांग्रेसले आफ्नो प्रचार संयन्त्रलाई आक्रामक बनाउँदै प्रखर पत्रकार तथा विश्लेषक केशव पाठकलाई केन्द्रीय प्रचार-प्रसार समितिमा मनोनित गरेको छ।

आसन्न निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले आफ्नो प्रचार संयन्त्रलाई बौद्धिक र रणनीतिक रूपमा सुदृढ बनाएको छ। पार्टीका केन्द्रीय प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा गठित केन्द्रीय प्रचार-प्रसार समितिमा प्रखर पत्रकार तथा राजनीतिक विश्लेषक केशव पाठक र अनुभवी पत्रकार सुदर्शन आचार्यलाई मनोनयन गरिएको छ।

लामो समय पत्रकारिताको अग्रपङ्क्तिमा रहेका पाठकलाई सभापति गगन थापाका प्रमुख रणनीतिक सल्लाहकारमध्ये एक मानिन्छ। करिब तीन वर्षअघि पार्टीको साधारण सदस्यबाट राजीनामा दिएर स्वतन्त्र लेखन र नागरिक अभियानमा सक्रिय भएका पाठकको यो पुनरागमनलाई कांग्रेसभित्र ‘बौद्धिक पुनरागमन’का रूपमा हेरिएको छ।

काठमाडौं खबरका पूर्व प्रधानसम्पादक समेत रहेका पाठक र लेखक आचार्यको उपस्थितिले कांग्रेसको चुनावी एजेन्डालाई केवल नारामा मात्र सीमित नराखी वैचारिक र तार्किक रूपमा जनतामाझ लैजान मद्दत पुग्ने विश्वास लिइएको छ। युवा पुस्तामाझ लोकप्रिय नेता थापाको कार्यशैली र पाठकको लेखन कौशलको ‘फ्युजन’ले निर्वाचनमा पार्टीको पक्षमा सकारात्मक माहोल सिर्जना गर्ने कांग्रेस नेताहरूको दाबी छ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  १ : ३७ बजे