नवलपरासी । आगामी निर्वाचनको मिति नजिकिँदै गर्दा पश्चिम नवलपरासी-१ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको पक्षमा जनलहर उर्लिएको छ। डलर अर्बपति चौधरीले आफ्नो ३ वर्षे कार्यकालको ‘रिपोर्ट कार्ड’ सार्वजनिक गर्दै चुनावी मैदानमा उत्रिएपछि विपक्षी दलहरू नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले अत्तालिएका छन्।
नवलपरासी क्षेत्र नम्बर १ मा डलर अर्बपति विनोद चौधरीको पक्षमा यतिबेला अभूतपूर्व जनलहर देखिएको छ, जसले विपक्षी खेमामा ठूलो खैलाबैला मच्चाएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य चौधरीले आफ्नो पहिलो कार्यकालमा विकासको जुन ‘मोडेल’ देखाए, त्यसले गर्दा अहिले एमाले र रास्वपाका उम्मेदवारहरू चुनावी मैदानमा निरीह जस्तै बनेका छन्।
हिजोका दिनमा ‘टुरिस्ट’ भन्दै हल्का टिप्पणी गर्ने एमालेका रामप्रसाद पाण्डे र कांग्रेस छाडेर रास्वपाबाट उम्मेदवार बनेका विक्रम खनाल यतिबेला चौधरीको ‘ग्लोबल भिजन’ र ग्राउन्ड लेभलको पकड देखेर अत्तालिएका छन्। चौधरीले शाश्वत धामदेखि स्थानीय पूर्वाधार र औद्योगिक क्रान्तिसम्मका योजनामार्फत जनताको मन जितिसकेकाले विपक्षीका सानातिना एजेन्डाहरू फिक्का सावित भएका छन्।
१.५ बिलियन डलरको साम्राज्य चलाउने खुबी भएका चौधरीले राजनीतिलाई सत्ताको भर्याङ होइन, समृद्धिको औजार बनाएको देखेपछि मतदाताहरू ‘विकल्पहीन’ रूपमा उनको पक्षमा उभिएका छन्। विपक्षीहरूको छटपटी र रक्षात्मक शैलीले नै स्पष्ट पार्छ कि नवलपरासीमा विनोद चौधरीको विजय यात्रा यसपटक झनै फराकिलो मतान्तरसहित सुनिश्चित भइसकेको छ।









प्रतिक्रिया