२१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शोकमै नागरिक कर्तव्य: मुगुमा क्रियापुत्रीले गरे मतदान



सरस्वती बुढा

मुगु,फागुन २१

मुगु – छायाँनाथ रारा नगरपालिका-१ स्थित श्री मिन माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा क्रियापुत्रीले पनि मतदान गरेका छन् ।
छायाँनाथ रारा नगरपालिका-१ निवासी ९३ वर्षीया रुपा मल्लको नौ दिनअघि आफ्नै निवासमा निधन भएको थियो । मृतकका छोरा ललिजङ मल्ल, राजन मल्ल र बिनोद मल्लले बिहीबार बिहान १० बजेर ४४ मिनेटमा उक्त मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

त्यसैगरी सोही वडामा १० दिनअघि निधन भएकी अर्की ९१ वर्षीया हाँसा देवी मल्लका छोरा गोविन्द्र मल्ल र भूपेन्द्र मल्लले पनि सोही मतदान केन्द्रमा मतदान गर्ने तयारी गरेको छिमेकी सुरेन्द्रबहादुर मल्लले जानकारी दिनुभयाे ।

नेपाल पत्रकार महासंघ मुगुका संस्थापक अध्यक्षसमेत रहेका क्रियापुत्री बिनोद मल्लले लोकतान्त्रिक अधिकार प्रयोग गर्नु सबै नागरिकको कर्तव्य भएको बताउनुभयाे ।

मतदान केन्द्रमा मतदान गर्न पुगेका स्थानीयहरुले शोककाबीच पनि मताधिकार प्रयोग गर्न क्रियापुत्री स्वयं मतदान केन्द्र पुगेको घटना यहाँका लागि उदाहरणीय भएको बताए छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  ५ : ५४ बजे