१६ चैत, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ ले प्रधानमन्त्रीले सिंहदरबारमा बोलाएको बैठकमा सहभागी नहुने बताएका छन् ।
प्रतिनिधिसभाको बैठक बोलाउन माग गर्दै उनले कोठे बैठकमा आफ्ना पार्टीका सांसदहरू सहभागी नहुने बताएका हुन् ।
आज प्रधानमन्त्री केपी शर्मा ओली ले सिंहदरबार मा कोशी प्रदेशका प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गर्ने कार्यक्रम राखेका छन् । यसका लागि प्रधानमन्त्रीको सचिवालयले श्रम संस्कृति पार्टीका सांसदहरूलाई पनि बोलाएको थियो ।
तर साम्पाङले प्रधानमन्त्रीले संसद बैठक बोलाउन पहल नगरी कोठे बैठक राख्नु उपयुक्त नभएको बताएका छन् ।
‘प्रधानमन्त्रीले सदन बोलाउनतिर पहल नगरी कोठे बैठकमा बोलाउनुको कारण थाहा भएन । हामी कोठे बैठकमा आउँदैनौं,’ उनले भने, ‘सदनको बैठक बोलाउनुपर्छ । हप्तामा कम्तीमा एक पटक बैठक राख्नुपर्छ ।









प्रतिक्रिया