१८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले संसदीय दलको बैठक आज बस्दै



काठमाडौं, १८ चैत ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले) को संसदीय दलको बैठक आज बस्दैछ ।

पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे बस्ने बैठकमा संसदीय दलका नेता, प्रमुख सचेतक र सचेतक चयन गर्ने विषयमा छलफल हुने बताइएको छ ।

प्रतिनिधिसभाको बैठक चैत १९ गते बोलाइएकाले त्यसअघि नै दलका जिम्मेवार पदाधिकारी चयन गर्ने तयारी एमालेले गरेको हो ।

बैठकमा संसदमा एमाले सांसदहरूले खेल्ने भूमिका र आगामी रणनीतिबारे पनि छलफल हुने एक नेताले जानकारी दिएका छन् ।

यता ‘जेनजी’ आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछि एमाले सडक आन्दोलनमा उत्रिएको छ । सोही विषयलाई लिएर सदनभित्र पनि विरोध गर्ने तयारी पार्टीले गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  १० : ३२ बजे