१८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाग्मतीसहित यी स्थानमा हुनेछ चट्याङसहित वर्षा



नेपालमा पश्चिमीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल वाग्मती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको हिमाली तथा पहाडी भू–भागमा साधारणतया बादल लागेको छ । बाँकी तराई भू–भागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार, आज (चैत १८) दिउँसो देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने पहाडी तथा तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

कोसी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा तथा वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।

राति, कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ बाँकी हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ । पहाडी र तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  १० : ३८ बजे