हिमाल पारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका ५ मा रहेको चर्चित पर्यटकीय स्थल ढुम्बा तालले पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्न सफल भएको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण ढुम्बा ताल सम्ले गाउँ नजिकै पर्दछ । मुस्ताङ जिल्ला भित्रको दर्जनौं तालहरुमध्य ढुम्बा ताल एउटा महत्त्वपूर्ण ताल हो । जहाँ दैनिक जसो आन्तरिक तथा बाह्य पर्यटकहरु…