माछा मार्न गएका एक युवकको गोहीको आक्रमणबाट मृत्यु भएको छ। विहीबार राति ९ बजेतिर चितवनको रत्ननगर-८ चित्रसारीस्थित बुढीराप्ती खोलामा माछा मार्न गएका २७ वर्षीय अभिषेक माझीको गोहीको आक्रमणबाट मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका डिएसपी रवीन्द्र खनालका अनुसार चित्रसारी बस्ने अन्दाजी ४०/४५ वर्षका राजकुमार माझी र अभिषेकले माछा मारिरहेको समयमा अभिषेकलाई गोहीले तानेको थियो। सँगै…