हेटौंडा, १९ भदौ। बागमती प्रदेश सरकारले भक्तपुरको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा सहभागी हुने व्यक्तिलाई प्रोत्साहनस्वरूप २ लाख रुपैयाँ दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले साहसिक र सांस्कृतिक सम्पदा संरक्षणलाई प्रवर्द्धन गर्ने उद्देश्यले यस्तो निर्णय गरेको हो। बैठकले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी विधेयक र प्रदेश खानेपानी तथा सरसफाइ व्यवस्थापनसम्बन्धी विधेयक स्वीकृत गरी…