काठमाडौं । धोबिखोलामा एउटा कार खसेको छ । मदन भण्डारी कलेज छेउमा कार खसेको सिंहदरबार वृत्तका डीएसपी गंगा पौडेलले जानकारी दिए । बा २१ च ६६१४ नम्बरको कार आइतबार साँझ धोबिखोलामा खसेको हो । प्रहरीका अनुसार कुनै मानवीय क्षति भएको छैन ।