नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा बहराइनलाई ८ विकेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो। मलेसियाको किनारा ओभलमा वर्षाका कारण ७ ओभरमा घटाइएको खेलमा बहराइनले दिएको १५ रनको लक्ष्य पछ्याएको नेपालले ३ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्यो।नेपालका लागि सीता राना मगरले ४…