काठमाडौँ । हरेक दिन भृकुटीमण्डपमा बिहान देखी बेलुकीसम्म चटपट बनाउँदै जतन कुमारीको दैनिकी बित्छ । हरेक दिन करिब बाह्र घण्टासम्म उनको हातले चटपट र फुल्की बनाइरहेको हुन्छ । अफिस, कलेज पुगेका विद्यार्थीदेखि कामबाट घर फर्कँदै गरेका यात्रुलाई उनी हरेक दिन चटपटको मिठो स्वाद चखाउँछिन् ।
विगत ३ वर्षदेखि यो उनको दैनिकी हो। जीवनको ३० औँ वसन्त पार गरेकी जतन श्रीमान् र छोराछोरी सहित काठमाडौँको सोल्टिमोड बस्छिन्। बिहान सबेरै उठेर घरको काम भ्याउँछिन्। खाना खान्छिन् अनि निस्किन्छन् आफ्नो नियमित कर्ममा।
उनको पढ्ने धोको थियो । गरिबी र घरायसी समस्याले विद्यालयको कक्षाकोठा सम्म उनी पुग्न पाइनन् । आफूले अवसर प्राप्त नगरे पनि सन्तानले आर्थिक अभावले पढाइ नछाडुन् भनेर वर्षौँसम्म ज्यालादारी काम गरिन । ज्यालादारी कामको भारी उनको जीवनमा बोजजस्तै भएको थियो, एकदिन साथी र्निमलाले चटपटे बेच्नका लागी सल्लाह दिइनँ, भृकुटीमण्डपमा महिनाको ३००० हजार तिरेर स्टल पाइने खबर पाइन् , अनि जतनले चटपट बेचेर घर धान्ने निधो गरिन ।
“यसअघि मलाई चटपट कसरी बनाउने भन्ने थाहा थीएँन अहिले म बनाउँदा बनाउँदा जान्ने भए” उनले भनिन्
उनले बनाएको चटपटे निकै मिठो हुने भएकाले उनको पसलमा बिहानैदेखि चटपटे खानेहरूको भिड हुने गर्दछ । “आन्टीले बनाएको चटपट खाएन भने त् क्यापस आउँदा के छुट्यो के छुट्यो हुन्छ” छेउमा चटपटे खादा गरेकी मुना खड्लेकाले बताइन । अधिकान्स उनका ग्राहक क्यापसे विद्यार्थी रहेको उनी बताउँछिन् । त्यहाँको दृश्यदेख्दा अचम्म लाग्छ चिया पसलमा भन्दा बिहान चटपट पसलमा बढी भिड देखिन्छ ।
जतनलाई यो व्यवसायमा उनको श्रीमानको पनि पूर्ण साथ र सहयोग भएको उनी बताउँछिन् । एकाबिहानै उनका श्रीमान ज्यामि काममा र उनी चटपट व्यापारमा निस्किन्छन् । उनी अहिले बिहान देखि बेलुका सम्म चटपटे बेचेर नै घरपरिवार धानी रहेकी छन् ।
मगरले चटपटे, फुल्की बेचेर अहिले छोरालाई बिजनेस र छोरीलाई कम्प्युटर विज्ञान पढाउँदै छन् ।
“घरको परिस्थितिले मैले पढ्न नपाए पनि छोराछोरीले त्यस्तो बेहोर्न नपरोस् भनेर चटपटे, फुल्कीको व्यापार गरें,” जतनले सुनाइन “छोरीलाई इन्जिनियर र छोरालाई सरकारी कर्मचारी भएको हेर्ने इच्छा छ ।” उनका अनुसार सबै छोराछोरीका लागि मासिक खर्च, कोठा भाडा उनले जुटाउछिन् ।
प्रतिक्रिया