१३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्री नभन्नु, रहर छ भने  कबाडी वैज्ञानिकमन्त्री भन्नु’ : महावीर पुन



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीका लागि सिफारिस भएका वैज्ञानिक महावीर पुनले आफूलाई मन्त्री भनेर सम्बोधन नगर्न आग्रह गरेका छन्।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्री नियुक्तिका लागि पुनको नाम राष्ट्रपतिलाई सिफारिस गरेपछि उनले सामाजिक सञ्जालमार्फत पहिलो प्रतिक्रिया जनाएका हुन्।

पुनले फेसबुकमा लेख्दै भनेका छन्, मलाई मन्त्री नभन्नुहोला। कसैलाई मन्त्री भन्न रहर छ भने कबाडी वैज्ञानिकमन्त्री भन्नुहोला।”

उनले बधाईका फोन नगर्न, खादा–माला लिएर नआउन अनुरोध गर्दै शिक्षा, विज्ञान र प्रविधि क्षेत्रमा पाँच महिनामा गर्न सकिने ठोस काम तथा आइडिया भए ह्वाट्स एपमार्फत सेयर गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ९ : ०६ बजे