३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शान्ति सुरक्षामा सम्झौता हुँदैन : मुख्यमन्त्री कँडेल



सरस्वती बुढा, सुर्खेत

कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले पछिल्ला अपराधजन्य गतिविधिबाट त्रसित नागरिकलाई आश्वस्त पार्दै सुरक्षा निकायलाई कडाइका साथ खटिन निर्देशन दिएका छन्।

सुर्खेतमा सुरक्षा निकायका वरिष्ठ अधिकारीहरूसँगको बैठकमा उनले नागरिक ढुक्क हुने वातावरण बनाउन जोड दिँदै अराजकता र असामाजिक गतिविधिमा संलग्नलाई कठोर कारबाही गर्नुपर्ने बताए।

जिल्ला प्रहरी कार्यालयले हत्या, आक्रमण, लुटपाट र चोरीलगायतका घटनामा निगरानी बढाएको र केही अभियुक्त पक्राउ भइसकेको जानकारी बैठकमा दिएको थियो। हालैको घटनामा दुईजनाको मृत्यु भएपछि स्थानीयबासी त्रसित बनेका थिए। दोषीको खोजीका लागि विशेष टोली परिचालन भइसकेको प्रहरीले जनाएको छ।

सुरक्षाकर्मीहरूले पनि नागरिकलाई त्रासमुक्त बनाउन निरन्तर खटिने प्रतिबद्धता व्यक्त गरेका छन्। मुख्यमन्त्री कँडेलले शान्ति र कानुनी शासनमा कुनै सम्झौता नहुने स्पष्ट सन्देश दिएका छन्।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ६ : ११ बजे