सरस्वती बुढा सुर्खेत, साउन ३० कर्णाली प्रदेश सरकारले आर्थिक अवस्था कमजोर भएका बिरामीका लागि अस्पताल आवतजावतमा लाग्ने यातायात खर्च उपलब्ध गराउने भएको छ। विपन्न, अपाङ्ग, जेष्ठ नागरिक, गर्भवती, प्रसूति तथा आपतकालीन अवस्थाका बिरामीलाई अधिकतम २० हजार रुपैयाँसम्म यातायात खर्च दिने निर्णय गरिएको हो। यो सुविधा विशेषगरी कर्णालीका दुर्गम तथा ग्रामीण क्षेत्रमा बस्ने बिरामीलाई लक्षित गरिएको…