काठमाडाैँ -राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न राजनीतिक उपलब्धिहरू मात्र पर्याप्त नहुने भन्दै राजनीतिक उपलब्धिलाई नागरिकको जीवनसँग जोड्नका लागि हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्ने बताएका छन्।गणतन्त्र दिवस, २०८२ को अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले शासकीय चरित्र, राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नुपर्ने पनि बताएका हुन्। ‘हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्ने हुन्छ। हामीले राजनीति, पार्टी र नेताको…