पश्चिम नवलपरासी । धान नेपालको प्रमुख खाद्यान्न वाली हुनुका साथै देशको अर्थतन्त्रमा सबैभन्दा बढी योगदान गर्ने एकल वाली पनि हो । नेपालको कुल खेती योग्य जमिन मध्ये १५ लाख हेक्टर भन्दा वढी क्षेत्रफलमा खेती हुने यो बालीको उत्पादकत्व भने अन्य देश तथा महादेशहरुको तुलनामा निक्कै कम रहेको छ । विगत आधा शताब्दी भन्दा धेरै समय…