भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंलाई पत्नीशोक परेको छ । बिजुक्छेंकी पत्नी शोभा प्रधानको बुधबार दिउँसो ललितपुर हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको नेमकिपाका जिल्ला अध्यक्ष एवं प्रदेश सांसद सुरेन्द्रराज गोसाईंले जानकारी दिए । रामेछाप ठोसेमा जन्मिएकी ६२ वर्षीया प्रधान क्यान्सरबाट पीडित थिइन् । नेता बिजुक्छेंसँग प्रधानको २०४० मंसिर ११ गते विवाह…