काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौंको घण्टाघर अगाडि प्रदर्शन गरेको छ । ग्यासको अभावका कारण विद्यार्थी तथा सर्वसाधारणलाई समस्या परेको भन्दै नेविसंघले रित्तो ग्यास सिलिन्डर बोकेर प्रदर्शन गरेको हो । त्रिचन्द्र बहुमुखी क्याम्पस नेविसंघको आयोजनामा भएको प्रदर्शनमा विद्यार्थीहरूले विभिन्न नारासहितका प्लेकार्ड बोकेका थिए । उनीहरूले ‘बालेन सरकार, चुलोको समस्या समाधान गर्न किन यति ढिलो?’,…