काठमाडौं । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद क्षितिज थेबेले आफ्नो पहिलो महिनाको तलब विद्यालयलाई प्रदान गर्ने घोषणा गरेका छन्। नेकपा एमालेका सांसद थेबेले शपथग्रहण लगत्तै सिदिङवा गाउँपालिका–३ आङखोपस्थित आगेपा आधारभूत विद्यालयलाई उक्त सहयोग गर्ने निर्णय गरेका हुन्। उक्त विद्यालय आफूले अध्ययन गरेको वा घर नजिकको नभएको स्पष्ट पार्दै थेबेले चुनावी प्रचारका क्रममा त्यहाँ पुगेपछि विद्यालयको…