काठमाडौं । सेवाग्राहीलाई अश्लील गाली गर्दै दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नायब सुब्बा बासुदेव महतोलाई पक्राउ गरेको छ ।
लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारकका (राउ) स्मारक अस्पतालमा कार्यरत उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सेवा सुस्त भएको भन्दै एक सेवाग्राहीले नासु महतोसँग गुनासो गर्न जाँदा सामान्य भनाभन भएपछि उनले दुर्व्यवहार गरेको आरोप छ । अश्लील गाली गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
प्रतिक्रिया