२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विराटनगरबाट कटारी जाँदै गरेको बस दुर्घटनामा एकको मृत्यु, ११ यात्रु घाइते



पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ मा बस पल्टिदा एक महिलाको मृत्यु भएको छ । ११ यात्रु घाइते भएका छन् ।

विराटनगरबाट कटारी जाँदै गरेको ना. ५ ख १८९८ नम्बरको बस कोशी ब्यारेज र कंकालिनी मन्दिरको बीचमा पल्टेको हो । मृत्यु भएकी अन्दाजी ५०/६० वर्षीया महिलाको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

बस दुर्घटना भएलगत्तै नेपाल र सशस्त्र प्रहरी पुगेर घाइतेहरूको उद्धार गरेका छन् । ६ जनाको भारदह अस्पताल र अन्य ५ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  १ : २७ बजे