काठमाडौं। इजरायलमा हमासको आक्रमणका क्रममा मारिएका कञ्चनपुरका विपिन जोशीको शव आज फ्लाई दुबईको विमानमार्फत नेपाल ल्याइँदैछ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो विमान अवतरण हुने तालिका रहेको छ। प्रधानमन्त्री, मन्त्रीहरू र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम तय भएको छ इजरायलमा अध्ययनका क्रममा पुगेका जोशी सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा अपहरणमा परेका थिए। पछिल्लो वर्ष…