काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले महँगी, भ्रष्टाचार नियन्त्रण, हिन्दु राष्ट्र, राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजीलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । बुधवार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै राप्रपाले जनजीविकाका विविध विषय समेटिएको विभिन्न २० वटा मागका बारेमा सरकारको ध्यानाकर्षण गराएको हो । राप्रपाले अन्याय, अत्याचार, उच्च मूल्यवृद्धि, भ्रष्टाचार, रसायनिक मल अभाव, इम्बोस्ड…