काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको विशेष केन्द्रीय महाधिवेशन आह्वान गरेका छन्। बुधबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले विधानको धारा १७(२) अनुसार बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन अनिवार्य भएको बताएका हुन्। २४८८ जना (५४.५८ प्रतिशत) प्रतिनिधिको समर्थनसहित बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीलाई सुदृढ र जनभावनाअनुसार नीतिगत निर्णय लिन विशेष महाधिवेशन…