२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उदयपुरमा जिपबाट ७५० किलो गाँजा बरामद, दुई जना पक्राउ



उदयपुरबाट ठूलो परिमाणको गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । चौदण्डीगढी नगरपालिकास्थित मदन भण्डारी सडकखण्डमा को१ज ३४५६ नम्बरको जिपबाट ७५० किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङका अनुसार जाँचका क्रममा जिपमा लुकाएर राखिएको गाँजा फेला परेको हो । उक्त घटनामा जिप चालक बेलटार नगरपालिका–६ का रवीन राई र रामबहादुर राईलाई नियन्त्रणमा लिइएको छ ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  १२ : २३ बजे