काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहमहामन्त्रीमा बहादुरसिंह लामा निर्वाचित भएका छन् । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री लामाले ३ हजार २४५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १ हजार ४४६ मत पाएका छन् । त्यस्तै, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत प्राप्त गरेका…