१० कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस सभापति गगन थापा आज स्याङ्जा जाँदै, मन्दिर उद्घाटनदेखि कार्यकर्ता भेटघाटसम्मको कार्यक्रम



स्याङ्जा। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज स्याङ्जा आउने भएका छन्। उनी बिरुवा गाउँपालिका–७, गहतेमा नवनिर्मित मनकामना मन्दिरको उद्घाटन गर्न स्याङ्जा आउन लागेका हुन्।

कोजाग्रत पूर्णिमाको अवसरमा मनकामना मन्दिरमा मेला आयोजना हुने भएकाले थापाको भ्रमणलाई धार्मिक कार्यक्रमसँगै पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने अवसरका रूपमा पनि हेरिएको छ।

मन्दिर उद्घाटनपछि थापाले नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा कार्यकर्तासँग भेटघाट तथा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं. १ का सभापति डोलराज पोखरेलका अनुसार सभापति थापाले पार्टीका नेता तथा कार्यकर्तासँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम तय भएको हो।

यसैबीच, कोजाग्रत पूर्णिमाका अवसरमा लाग्ने मेलालाई लक्षित गर्दै बिरुवा गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ। गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरले मेलाका कारण सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिएका छन्।

धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको मनकामना मन्दिरमा हरेक वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा मेला लाग्ने गर्दछ।

प्रकाशित मिति : १० कार्तिक २०८३, सोमबार  १० : ०७ बजे