काठमाडौं । आसन्न निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ को राजनीतिक परिदृश्य निकै रोचक मोडमा पुगेको छ । विगत तीन निर्वाचनमा यहाँबाट विजयी भएका नेपाली कांग्रेसका नेता गगन थापा सर्लाही झरेसँगै यो क्षेत्रमा नेकपा एमालेका सचिव डा. राजन भट्टराईको जित्ने सम्भावना निकै बलियो देखिएको छ । यसपटक कांग्रेसले ३३ वर्षीय युवा सचिन तिमल्सेनालाई चुनावी मैदानमा उतारेको…