काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन पर्यटकको संख्या ६४४ पुगेको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विभिन्न देशका पर्यटक सम्पर्कविहीन भएका हुन् । बोर्डका अनुसार सबैभन्दा धेरै भारतीय पर्यटक १७८ जना सम्पर्कविहीन छन् । त्यस्तै, नेपाली १२७, अमेरिकी ६५, युक्रेनी ५३, मलेसियाली ५१, अस्ट्रेलियाली ३५, बेलायती ३३ र क्यानडेली २५…