२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माछा मार्न गएका युवकको गोहीको आक्रमणबाट मृत्यु



माछा मार्न गएका एक युवकको गोहीको आक्रमणबाट मृत्यु भएको छ।

विहीबार राति ९ बजेतिर चितवनको रत्ननगर-८ चित्रसारीस्थित बुढीराप्ती खोलामा माछा मार्न गएका २७ वर्षीय अभिषेक माझीको गोहीको आक्रमणबाट मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका डिएसपी रवीन्द्र खनालका अनुसार चित्रसारी बस्ने अन्दाजी ४०/४५ वर्षका राजकुमार माझी र अभिषेकले माछा मारिरहेको समयमा अभिषेकलाई गोहीले तानेको थियो। सँगै गएका साथी खोलामा बेपत्ता भएपछि राजकुमारले प्रहरीलाई खबर गरेका थिए।

खोजी गर्नेक्रममा राति सवा १ बजेतिर माछा मारेको स्थानभन्दा करिब २०० मिटर तल अभिषेकको शव फेला परेको डिएसपी खनालले जानकारी दिए।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ८ : ०५ बजे