काठमाडौं – चिनियाँ गिरोहले चितवनमा कार्यालय खोली अनलाइन ठगी गरेको खुलासा भएको छ। खैरहनी–६ मा ‘एसएमसी एड्भरटाइजिङ सर्भिस प्रालि’ खोलेर नेटवर्क फैलाउँदै १२ करोड ८ लाख रुपैयाँभन्दा बढी ठगी भएको प्रहरी स्रोतले जनाएको छ। साइबर ब्युरोले लामो अनुसन्धानपछि गिरोहका ११ सदस्य पक्राउ गरेको छ। उनीहरूमध्ये चिनियाँ नागरिक हि जिन्जाङ, तनहुँका सौगात थापा, नुवाकोटका वीरबहादुर तामाङ,…