काठमाडौं, । Nest Nepal ले कीर्तिपुरस्थित Supporting Children Initiative Foundation (SCIF) मा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सहभागिता कार्यक्रम आयोजना गरेको छ।
आइतबार आयोजित कार्यक्रममा Nest Nepal का प्रमुख कार्यकारी अधिकृत कुशल काफ्ले, प्रमुख सञ्चालन अधिकृत सुभाष कँडेलसहित करिब ६० जना कर्मचारी सहभागी भएका थिए।

सन् २०१६ मा स्थापना भएको SCIF ले हाल १७ जना बालबालिकाको हेरचाह तथा सहयोग गर्दै आएको छ। संस्थाले बालबालिकालाई शिक्षा, सहयोगी वातावरण तथा भविष्य निर्माणका लागि आवश्यक अवसर उपलब्ध गराउँदै आएको जनाएको छ। बालबालिका १८ वर्ष पुगेपछि रोजगारी खोज्न सहयोग गर्ने वा संस्थामै काम गर्ने अवसर उपलब्ध गराउने पहलसमेत SCIF ले गर्दै आएको छ।
SCIF का संस्थापक बसन्त बी.सी.को समन्वयमा आयोजित कार्यक्रममा Nest Nepal ले संस्थाका लागि आवश्यक घरायसी सामग्री, खाद्यान्न, शैक्षिक तथा स्टेशनरी सामग्री, खेलकुद र मनोरञ्जनका सामग्री हस्तान्तरण गरेको थियो।

Nest Nepal का अनुसार कार्यक्रमअघि SCIF को आवश्यकताको मूल्याङ्कन गरी त्यहीअनुसार सहयोग सामग्री छनोट गरिएको थियो। सामान्य रूपमा सामग्री वितरण गर्नुभन्दा संस्थाको वास्तविक आवश्यकतालाई प्राथमिकतामा राखेर सहयोग गरिएको कम्पनीले जनाएको छ।
सामग्री हस्तान्तरणपछि Nest Nepal का कर्मचारीहरूले बालबालिकासँग प्रत्यक्ष रूपमा समय बिताउँदै खेलकुद, दौड, कुराकानी तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिमा सहभागिता जनाएका थिए। कार्यक्रममा चम्चा तथा मार्बल दौड र सामूहिक कला गतिविधिसमेत आयोजना गरिएको थियो।
बालबालिका र कर्मचारीहरूले कम्पनीको अभियान ब्यानरमा रंगीन हात तथा मसीका छाप राख्दै सामूहिक गतिविधिमा सहभागिता जनाएका थिए। टोलीले बालबालिकालाई चकलेट तथा व्यक्तिगत उपहारसमेत वितरण गरेको थियो।

Nest Nepal ले बालबालिकाको हेरचाह तथा उनीहरूलाई आत्मनिर्भर भविष्यका लागि तयार पार्न SCIF ले गर्दै आएको निरन्तर प्रयासको प्रशंसा गरेको छ।
कम्पनीले आगामी दिनमा पनि स्थानीय समुदाय तथा सामाजिक संस्थासँग सहकार्य गर्दै सामाजिक उत्तरदायित्व तथा सामुदायिक सहभागिताका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
तस्विरहरु













प्रतिक्रिया