२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लोकतन्त्र सुदृढीकरणमा रेडियो नेपालको योगदान महत्वपूर्ण: मन्त्री तिमिल्सिना



काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले रेडियो नेपालले मुलुकको लोकतन्त्र स्थापना र यसको संस्थागत गर्नमा ठुलो योगदान रहेको बताउनुभएको छ ।

रेडियो नेपालको ७६ औँ वार्षिकोत्सव कार्यक्रममा आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । पहिले र अहिलेको रेडियोको दायरा फराकिलो र फरक भएको बताउनुहुँदै उहाँले रेडियो नेपालको संरक्षणमा पनि रेडियोमा कार्यरत पत्रकार र कर्मचारीको दायित्व भएको बताउनुभयो ।

रेडियो नेपालको भूमिका लोकतन्त्रको संस्थागत गर्ने काम भएको बताउनुहुँदै जिम्मेवार भएर सत्य समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । रेडियो नेपालमा आफूले पनि यसअघि विभिन्न रचनाहरू पठाउने गरेको र साहित्यको सिर्जना त्यसपछि गर्न थालेको बताउनुभयो ।

रेडियो नेपालले धेरै स्रष्टाहरू जन्माएको चर्चा गर्नुहुँदै मन्त्री तिमिल्सिनाले देश एउटा ऊर्जा र नयाँ गतिसहित अघि बढेको बताउनुहुँदै उहाँले सबै क्षेत्रमा नकारात्मकता हाबी भएको भए पनि अब रूपान्तरण गरिने प्रतिबद्धता जनाउनुभयो । देश बनाउन सञ्चार माध्यमको ठुलो भूमिका रहने बताउनुहुँदै उहाँले देशले खोजेको बाटोबारे जनतालाई सुसूचित गराउने काम सञ्चार माध्यमको भएको चर्चा गर्नुभयो ।

सबै कर्मचारी र पत्रकारले इमान्दारितासाथ काम गरेमा संस्था राम्रो हुने र संस्था राम्रो भएमा देश राम्रो हुने बताउनुभयो । अरूबाट जबाफदेहिता खोज्नुभन्दा पनि आफू पनि जबाफदेही हुनु अनिवार्य रहेको बताउँदै उहाँले भन्नुभयो, “एक इन्च पनि दायाँ बायाँ गर्नेलाई छाड्न नहुने म्यान्डेट जनताले दिएर पठाउनुभएको छ, त्यसमा इमान्दारितापूर्वक काम गर्नेछौँ ।”

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  ८ : ११ बजे