काठमाडौँको रत्नराज्य लक्ष्मी क्यापसमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत समुहले प्रयोगात्मक क्रियाकलाप अन्तरगत प्राइम टेलिभिजन भ्रमणको क्रममा सोही टेलिभिजनका अध्यक्ष ऋषि धमलासँग हाम्रो भेट भयो । धमलासँग अन्तरकृयाको क्रममा उनी संग हामीले २७ मिनेट समय बिताउने अवसर पायौँ । सोही भेटलाई आधार मानी मैले २७ मिनेट भित्र बुझेको धमला बारे केही लेख्न जमर्को गर्दैछु ।
बिरलै होलान् रेडियो देखि टेलिभिजनसम्म ऋषि धमलालाई नसुन्ने, नहेर्ने र नचिन्नेहरू । विशेष गरि टेलिभिजन पत्रकारितामा निकै अब्बल पत्रकार तथा कार्यक्रम प्रस्तोताका रुपमा चिनिन्छन् ऋषि धमला । धमलाका अनुसार ऊनी १४ वर्षको उमेरमा काठमाडौंका साँघुरा गल्लीहरूमा आफ्नो फराकिलो भविष्य खोज्न काँधमा पत्रिका बोकेर घरघर बेच्न पुग्थे । राजधानी उनका लागी सपनाको मात्र हैन सङ्घर्षको सहर थियो । पत्रिका बोकेर घरघर बेच्दै उनले मिसन पत्रकारिता सुरु गरे । तत्कालीन समयमा राजतन्त्र बिरुद्वका पत्रपत्रिका बेचेको निहुँमा ७ दिन उनी जेल समेत बस्नुपर्यो । त्यो बेला राजतन्त्र बिरुद्वका पत्रपत्रिका जनतासमक्ष पुराउने काम निकै चुनौतीपूर्ण थियो । तर हमला गर्ने धमलाले चुनौतीको बाटो नै रोजे । त्यसैले त आज ऋषि धमला ऋषि धमला छन् ।
सुरुवाती दुःखका दिनहरू स्मरण गर्दै, जीवनमा विभिन्न आरोह अवरोह पार गरेर आज यो स्थान सम्म आइपुगेको उनी बताउँछन् । उनले २०५९ सालमा बाबुराम भट्टराई र लोकेन्द्र बहादुर चन्दलाई एकै ठाउँमा राखेको किस्सा सुनाए। तत्कालीक भूमिगत राजनीतिबाट पहिलो पटक सार्वजनिक हुँदा तात्कालिक प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द सहित वार्ता टोली गठन गरियो । बाबुराम र चन्दले सार्वाजनिक रुपमा हात मिलाएर वार्ता गरे । त्यसको ठिक भोलिपल्ट नेपालका पत्रपत्रिका र सञ्चार जगत तात्यो, “प्रधानमन्त्री र विद्रोहीलाई किन धमलाले एकै ठाउँ राखे ? उनलाई निषेध किन गरिएन ?” चौतर्फी विरोध पछि तत्कालीन राजा ज्ञानेन्द्रले लोकेन्द्र बहादुर चन्दलाई स्पष्टीकरण मागे पछि उनको प्रधानमन्त्री पद चिप्लियो । देशमा जनताको शासन भित्र्याउन महत्वपूर्ण योगदान आफूले पनि पुर्याएको धमला बताउँछन् ।
धमला नेपाली माटो सुहाउँदो पत्रकार भएको कुरा त सत्य नै हो । धमलासँग अन्तरवार्ता दिन देशका जुन कुनै क्षेत्रका मै हुँ भन्ने व्यक्ति पनि नाइँ भन्न सक्दैन् । त्यसैले त उनी आजका दिनमा पनि रेडियो, टिभी र पत्रपत्रिका गरि दिनमा १८ घण्टा सम्म काम गर्ने गरेको बताउछन्। समयको महत्व बुजेका उनले कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउँछन् ।
यस्तै-यस्तै संघर्षले नै धमला आज प्राइम टाईम टेलिभिजन्, रिपोर्टर्स क्लव नेपाल, नेपाली रेडियो नेटवर्क,रिपोर्टस् नेपाल जस्ता थुप्रै सञ्चार संस्थाहरलाई ससक्तरुपमा संचालन गर्न सफल भएका छन् ।
खबरदारी गर्न सक्ने पत्रकार बन्न धमलाको सबै पत्रकारलाई सुझाव छ । उनी अबको पत्रकारिताको प्रमुख जनताको समस्याको आवाज बनि,बेथिति,भ्रष्टाचार,शक्तिको दुरुप्रयोग लगायतका विषयमा खबरदारी गर्नुपर्ने बताउँछन् । “पत्रकार बन्नका लागि सहि सुचना र ईमानदारिता अत्यन्त महत्व राख्छ”, उनले भने । राती १२ बजे सुत्छु, विहान ४ बजे उठ्छु । म जनताको आवाज बन्न र खबरदारी गर्न कहिलै पछि हट्दैन।
उनी विहानै ६ नबज्दै रेडियो त्यसपछि रिपोटर्स क्लब त्यसपछि पाईम टेलिभिजन पुग्छन् । उनी यति व्यस्त भएर पनि समाचार संकलनमा आफै हिंड्ने गर्छन् र रुचाउँछन् ।सोही कारणले आफूलाई हरेक घटनाक्रम थाहा हुने गरेको उनि बताउछन्।
धमला पत्रकारिता नै नपढेको वा कम पढेको पत्रकार भनेर आलोचना हुने गर्छ । उनका हरेक कुरामा टीकाटिप्पणी हुने गर्छ । तर पनि यी कुराले उनलाई पटक्कै फरक पर्दैन । आलोचनालाई धमला त उर्जाको रुपमा लिने गर्छन्,जसले उनलाई काम प्रती थप रुचि र ईमानदारिता बढ्ने गर्छ ।
धमलाको लामो समयको मेहनत र लगनशीलताले आज परिमाण नेताका लागि धमला र धमलाका लागि परिपुरक जस्तै बनेका छ । त्यसैले त केही बर्ष पहिले धमलाइ प्रचण्डले भनेका थिए, ‘धमलाजी बैगुनी नभइ नहुनी,अहिले त ऋषि धमलाले जे भन्यो त्यही मान्नुपर्ने दिन आयो ! ”
समग्रमा धमलालाई पर्दामा र प्रत्यक्षमा फरक पायौँ । पर्दामा धमला जति नै आलोचित बने पनि प्रत्यक्षरुपमा धमलाका विचार सुन्दा उनी मेहनत लगनशीलता र ईमानदारिताको एेना हुन् र नेपाली पत्रकारिताको दरिलो प्रतिबिम्ब । धमलासंगको २७ मिनेटमा यो बुझियो कि,”जहाँ संघर्ष छ त्यहा एक न एक दिन सफलता छ ।”
प्रतिक्रिया