१५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विरोधका लागि विरोध



लामो समयसम्म संसद् अवरोध गरेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफ्नो मागको सुनुवाइ हुँदैन भन्ने बुझेरै जारी अवरोधलाई बिनाकुनै सम्बोधन अन्त्य गर्यो । उक्त अवरोध अन्त्य गरे पनि विभिन्न किसिमका अवरोध गरिनै रहन्छ ।

 सत्ता पक्षले कहाँ, कतिखेर, कस्तो गल्ती गर्छ र विरोध गरिहालौंला भन्ने अर्जुनदृष्टि एमालेको हुन्छ । त्यस्तै सत्तापक्षको स-साना गल्तीमा पनि जारी संसद अधिवेशनमा विरोध जनाउदै आएको छ। एमालेले विरोध गर्दै आएको विषय हिजो आफ सरकारमा हुँदा पूरा गर्न सकेको थिएन।

 जस्तो किसानले मल नपाएको विषय, अघिल्लो सरकारमा एमालेका घनश्याम भुसाल कृषि मन्त्री थिए । उनले बंगलादेशबाट मल ल्याउन सम्झौता पनि गरे तर आउन सकेन । आफनो जिम्मेवारीमा परेको काम फत्ते गर्न नसक्ने अनि अरूलाई आज ल्याइज, अहिल्यै ल्याइज’ भन्नु विरोधका लागि विरोध गर्नुभन्दा अको केही होइन ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ३ : ०६ बजे