९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरोले पृथ्वी राजमार्ग ठप्प, ७ ठाउँमा सडक अवरुद्ध



धादिङ । लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरसहित ७ ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

कृष्णभीरमा पुरानो सडकको सुरक्षाका लागि बनाइएको ग्याबिन वाल भासिएर पहिरो खसेको प्रहरीले जनाएको छ । नयाँ ट्र्याकमा भने अहिलेसम्म असर नपरे पनि त्रिशूली नदीले तलबाट कटान गरिरहेकाले जोखिम कायमै छ ।

बेनीघाट–१० को तेराङखोला र ज्यामिरेघाटसहित जुवाखोला, परेवाभीर, कमेरेभीर र जहरे क्षेत्रमा पनि पहिरो खसेको छ । केही स्थानमा जेसीबी प्रयोग गरी पहिरो हटाउने काम भइरहेको छ ।

लगातार वर्षाका कारण थप पहिरोको जोखिम रहेकाले प्रशासनले अर्को सूचना जारी नभएसम्म पृथ्वी राजमार्ग बन्द गरेको छ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ३ : ५२ बजे