२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुठिचौर गाउँपालिकाका अध्यक्ष बुढाको पद रिक्त



जुम्ला। नेपाली काँग्रेसबाट निर्वाचित जुम्लाको गुठिचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाको पद रिक्त भएको छ ।

केही समयअघि नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि निर्वाचन आयोगले उहाँलाई पदमुक्त गरेको हो । गाउँपालिकाको कार्यकालको अन्तिम बजेट ल्याउने तयारी भइरहेका बेला अध्यक्षको पद रिक्त भएको छ ।

निर्वाचन आयोगले सोमवार एक सूचना जारी गर्दै राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको ब्यहोराको जानकारी प्राप्त भएपछि आयोगको मिति २०८३/०३/०८ गतेको निर्णयअनुसार गुठिचौरका अध्यक्ष बुढाको पद स्वतः रिक्त भएको हो जनाएको छ ।

२०७९ को निर्वाचनमा काँग्रेसबाट चुनाव जितेका बुढाले एक वर्ष कार्यकाल बाँकी हुदै रास्वपा प्रवेश गरेपछि जुम्ला काँग्रेसले कारबाहिका लागि सिफारिस गरेको छ ।

कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले दल त्याग गरी अन्य दलमा प्रवेश गरेको भनी नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गरी आयोगमा जानकारी गराएको थियो।

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  ८ : १५ बजे