२ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्यास नपाएपछि रित्तो सिलिन्डर बोकेर घण्टाघर पुगे विद्यार्थी



काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौंको घण्टाघर अगाडि प्रदर्शन गरेको छ ।

ग्यासको अभावका कारण विद्यार्थी तथा सर्वसाधारणलाई समस्या परेको भन्दै नेविसंघले रित्तो ग्यास सिलिन्डर बोकेर प्रदर्शन गरेको हो ।

त्रिचन्द्र बहुमुखी क्याम्पस नेविसंघको आयोजनामा भएको प्रदर्शनमा विद्यार्थीहरूले विभिन्न नारासहितका प्लेकार्ड बोकेका थिए । उनीहरूले ‘बालेन सरकार, चुलोको समस्या समाधान गर्न किन यति ढिलो?’, ‘निभ्यो चुलो, भोकै पेट, मौन सरकार, कति सहने?’ र ‘किताब बोकेर पढ्ने कि, सिलिन्डर बोकेर लाइनमा बस्ने?’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

ग्यास अभावका कारण दैनिक जनजीवन प्रभावित भइरहेकाले तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले प्रदर्शन गरिएको नेविसंघले जनाएको छ ।

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  १२ : ५६ बजे