६ कार्तिक २०८३, बिहिबार | Thu Oct 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लैंगिक तथा अल्पसंख्यकको हक अधिकारका लागि गौरव यात्रा



काठमाडौंमा लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरूको हक अधिकारका निम्ति ‘गौरव यात्रा’ आयोजना गरिएको छ । प्रत्येक वर्ष ईश्वी संवत् अनुसार जुन महिनालाई गौरव महिना (प्राइड मन्थ) का रूपमा मनाइन्छ ।

नेपालमा पनि क्वयेर युथ ग्रुपको संयोजनमा २०७६ साल देखि जुन महिनाको दोस्रो शनिबार पारी गौरव यात्रा आयोजना हुँदै आएको छ । २०७७ र २०७८ सालमा भने कोरोना महामारीका कारण अनलाइनमार्फत गौरव यात्राको आयोजना गरिएको थियो ।

शनिबार माइतीघरमा भेला भएर मण्डला परिक्रमा गरी नयाँ बानेश्वरको एभरेस्ट होटेल अगाडि पुगेर कार्यक्रम टुंग्याइएको थियो । र्‍यालीमा विभिन्न भाषामा लैंगिक तथा अल्पसंख्यक समुदायका अधिकारलाई सम्बोधन गरिनुपर्ने मागसहितका प्लेकार्डहरू प्रदर्शन गरिएको थियो ।

लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरूले सामाजिक लाञ्छनालाई तोडेर आफ्नो पहिचानमा गौरव गर्ने सन्देश लिएर विश्वभरी नै गौरव यात्रा आयोजना हुने गरेको क्वयेर युथ ग्रुपकी कार्यकारी निर्देशक रुक्शना कपाली बताउँछिन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ८ : ३६ बजे