स्थानीय तह निर्वाचनको नतिजा सार्वजनिक नहुँदै सत्ता पक्षले धाँधली गरेको आरोप प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले, लगाएको थियो । अहिले एमालेले हारको कारण त्यसैलाई बनाएको छ। बाहिर यस्तो भने पनि भित्रभित्रै निर्वाचनमा हार्नुको कारण अन्तर्घात हो भन्ने निक्यौल निकालेको छ । सभासम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलले हारेको भनेर स्विकार्दैनन् । बरु प्राप्त मतका आधारमा एमाले झन् बलियो भएको दाबी गर्छन् । बोली एकातिर भए पनि हारेकै हो भन्ने ओलीलाई भित्रभित्र लाग्दो होला, एमालेमा भइरहेका चहलपहलले पनि यसलाई प्रस्ट पार्छ । यो परिणाम ध्यानमा राखेर आगामी संघ र प्रदेश निर्वाचनमा कसरी जाने भन्नेमा एमालेभित्र बहस सुरु हुन थालिसकेको छ । यसका लागि अध्यक्ष ओली स्वयं लागिपरेका छन् ।
देशभरिको स्थानीय तहको नतिजाको हिसाब-किताब गर्न आफै खटिएका छन् । बाहिर बोल नसके पनि एमालेमा ओलीको हैकमवाद मन नपराउने नेताहरू धेरै छन् । उनीहरू ओलीसाम निरीह भएर बस्तुको विकल्प छैन । किनकि ओलीविरुद्ध बोल्नेहरू कारवाहीमा परिहाल्छन् । स्थानीय निर्वाचनमा हार बेहोरिसकेपछि ओलीले अध्यक्षबाट राजीनामा दिनपर्छ भन्ने आवाज पनि कताकति नसुनिएको होइन। तर ओली अरूको विचार सुन्ने पक्षमा न हिजो थिए न त आज नै । आसामी निर्वाचनका लागि ओलीले विभिन्न विकल्प सोच्न थालिसकेका छन् । ओलिले वर्तमान पाँचदलिय सत्ता गठबन्धनलाई भत्काएर पुनः वाम गठबन्धन गर्नुलाइ पहिलो प्रथमिकतामा रखेका छन्।
प्रतिक्रिया